Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

‘लोक सेवा आयोग हीरक महोत्सव तयारीमा व्यस्त’

3 घण्टा अघि
काठमाडौँ, २१ जेठ । लोकसेवा आयोगले ७५ वर्ष पुगेको उपलक्ष्यमा आँखा शिविर, रक्तदान,प्रतिभा सम्मानलगायत सप्ताहव्यापी रुपमा विविध कार्यक्रम आयोजना गरी हीरक महोत्सव मनाउने भएको छ ।     सो सन्दर्भमा जानकारी दिँदै हीरक महोत्सव प्रचारप्रसार समितिका संयोजकसमेत रहेका आयोगका सदस्य वीरबहादुर राईले विभिन्न रचनात्मक एवं सिर्जनात्मक कार्यक्रमसहित मनाउन लागेको ७५औँ वार्षिकोत्सव कार्यक्रमलाई आमसञ्चारमाध्यमले प्राथमिकता दिने विश्वास व्यक्त गरे ।     सरकारी सेवा प्रवेशका क्रममा जनशक्ति छनोटसहित पदपूर्तिका लागि सिफारिस गर्ने जिम्मेवारीमा रहेको आयोगको स्थापना ...

राज्यका संरचना समावेशी बनाउन राजनीतिक दल समावेशी हुनुपर्छः सभापति देउवा

3 घण्टा अघि
पाटन ललितपुर, २१ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलीय व्यवस्थामा दल आफैँ समावेशी नभएसम्म राज्यका अन्य संरचना समावेशी हुन नसक्ने बताएका छन् ।     राष्ट्रिय समता दिवस तथा छुवाछूतमुक्त राष्ट्र घोषणाका सन्दर्भमा नेपाली कांग्रेसअन्तर्गतको दलित समुदाय समन्वय तथा सशक्तीकरण विभागले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा ‘दलित समुदायको वर्तमान अवस्था र समस्या समाधानमा राज्य एवं राजनीतिक दलको भूमिका’ विषयक अन्तरसंवाद गरेको थियो ।     सो कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले निरङ्कुश शासन व्यवस्थामा दलित समुदायले भोगेका भेदभावविरुद्ध आवाज उठाउने पहिलो पार्टी नेपाली कांग्रेस भएको बताएका छन् ।     समाजको निश्चित जाति, वर्ग, समुदायले भोग्नुपरेको नारकीय जीवनबाट मुक्ति दिलाउनलाई कांग्रेसले २००७ सालको क्रान्तिमा ‘जातपात मान्दैनाँै, सँगै बसाँै, सँगै खाऔँ, भात भताहाको खुसी’ भन्ने नारा लगाएको उनले स्मरण गराए ।     “राज्य निर्माण ...

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ, २१ जेठ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ९७ अङ्कले घटेर दुई हजार ६४६ दशमलव ९५ को विन्दुमा कायम भएको हो ।     आज तीन सय १३ कम्पनीको एक करोड ३७ लाख ...
5 घण्टा अघि

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढयो

काठमाडौं । आज (बुधबार) पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । ...
9 घण्टा अघि

आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव र कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।     हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू—भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी ...
10 घण्टा अघि