News and Updates
2 वर्ष अघि
६ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने नेवि संघका विद्यार्थीहरुको मुद्दा फिर्ता लिने निर्णयको पूर्व उपकुलपतिहरुले विरोध गरेका छन् ।
पूर्वउपकुलपतिहरू अर्जुन कार्की, केदारभक्त माथेमासहित ८ जना उपकुलपतिले संयुक्त विज्ञप्ति जारी गर्दै मुद्दा फिर्ता लिने सरकारको निर्णय निन्दनीय भएको बताएका हुन् ।
उनीहरुले भनेका छन्, ‘शैक्षिक संस्थामा अनुशासनहीनता, अमर्यादित एवं अपराधिक कार्यहरूलाई प्रोत्साहन गर्ने मन्त्रीपरिषदको उक्त निन्दनीय निर्णयबाट सरकार स्वयं अपराधको पक्षपाति भएको देखिन्छ ।’
उपप्राध्यापक चलाउनेले सोमबारदेखि थालेको अनसनप्रति पनि उनीहरुले ऐक्यवद्घता जनाएका छन् र मुद्दा फिर्ता लिने निर्णय तुरुन्त फिर्ता लिन माग गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया