९ मंसिर २०८१, आईतवार
अर्थ

विराटनगर महानगरले ल्यायो ३ अर्ब २८ करोड ५० लाखको बजेट

१० असार, विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट ल्याएको छ ।

शनिबार नगरसभाको बाह्रौं अधिवेशनमा उपप्रमुख शिल्पा निरला कार्कीले ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । बजेट वक्तव्यमा चालूतर्फ १ अर्ब ५१ करोड ८३ लाख २५ हजार रुपैयाँ र पूँजीगततर्फ १ अर्ब ७१ करोड ६६ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ । महानगरपालिकाले वित्तीय व्यवस्थापनतर्फ ५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

महानगरपालिकाले चालू आर्थिक वर्षका लागि ४ अर्ब १७ करोड ९ लाख ९८ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

महानगरले आगामी आर्थिक वर्षका लागि प्रशासनिक खर्च मात्रै ६८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

महानगरले १९ वटा वडाका वडास्तरीय आयोजनाका लागि ३८ करोड रुपैयाँ विनियोजन गरेको छ । नगरस्तरिय आयोजनाका लागि २० करोड, बहुवर्षीय, गौरवका आयोजना र क्रमागत भुक्तानीका लागि ६५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

आम्दानीतर्फ संघीय सरकारबाट वित्तीय हस्तान्तरणबाट १ अर्ब १९ करोड २४ लाख, प्रदेश सरकारतर्फ ४ करोड ६३ लाख, राजस्व बाँडफाँडबाट ८० करोड २४ लाख आम्दानी हुने अनुमान गरेको महानगरले ९९ करोड ५० लाख आन्तरिक आम्दानी हुने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्