Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन, खोजी कार्य जारी

News and Updates
2 वर्ष अघि

२६ असार, काठमाडौं । मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो ।

उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन् ।

मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार ९एनए-एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको हो ।

हेलिकप्टरको खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया