Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेल र नेम्वाङलाई

News and Updates
2 वर्ष अघि

३ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् ।

कम्बोडियामा हुन गइरहेको निर्वाचन पर्यवेक्षणका लागि ओली मंगलबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् ।

ओलीको भ्रमणदलमा पत्नी राधिका शाक्य र उपमहासचिव विष्णु रिमाललगायत छन् ।

कम्बोडिया प्रस्थान गर्नुअघि ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई दिएको उनको सचिवालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया