News and Updates
2 वर्ष अघि

५ साउन, विराटनगर । सुनसरीको धरानको सडकखण्डमा गोली हानी विराटनगरका युवकको हत्या भएको छ ।
शुक्रबार बेलुका विराटनगर महानगरपालिका -५ का २८ वर्षीय रोहित चौधरीको हत्या भएको हो ।
उनीमाथि धरान- इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली प्रहार भएको थियो । मूलघाटबाट विराटनगर जाँदै गरेका उनको दाहिने कोखमा गोली लागेको थियो ।
प्रहरी स्रोतका अनुसार उनको साथमा भएको रकम र मोबाइल पनि लुटिएको छ ।
सुनसरीका प्रहरी उपरीक्षक (एसपी) प्रभु ढकालले घाइते चौधरीको उपचारका क्रममा बिपी प्रतिष्ठानमा मृत्यु भएको जानकारी दिए ।
एसपी ढकालका अनुसार घटनाको अनुसन्धान भइरहेको छ । गोली प्रहार गरेको कारण नखुलेको उनको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया