९ मंसिर २०८१, आईतवार
मुख्‍य समाचार समाज

कोशी र मधेस प्रदेशमा भारी वर्षाको सम्भावना

९ भदौ, काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ । साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भू-भागमा रहेको न्यून चापीय क्षेत्र र बङ्गलादेशको उत्तरी भू-भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेकाले बदली र वर्षा गराएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेस, गण्डकी र बागमती प्रदेशका केही स्थानमा साथै बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्कादेखि मयम वर्षाको सम्भावना रहेको छ ।

कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

रातिको समयमा पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्