३ आश्विन २०८१, बिहीबार
खेलकुद

२२औं आहारारा पोखरा गोल्डकपको बचत ३ लाख

१२ भदौ, पोखरा । सहारा क्लबले बर्सेनि आयोजना गर्दै आएको आहारारा गोल्डकपको २२ औं संस्करणमा ३ लाख १८ हजार रुपैयाँ बचत भएको जानकारी दिएको छ । क्लबले मंगलबार पत्रकार सम्मेलन गरी पछिल्लो २ संस्करणपछि बचत गर्न सफल भएको जनाएको हो ।

२०७९ पुस १४ देखि २३ सम्म भएको प्रतियोगितामा टिकट तथा विभिन्न प्रायोजकबाट ९४ लाख ६५ हजार आम्दानी संकलन भएको क्लबका महासचिज रामजीप्रसाद अधिकारीले जानकारी दिए । आहाराराको अघिल्लो संस्करणमा क्लबले सर्वाधिक १२ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।

‘कोभिड महामारीका अघिल्ला संस्करण दर्शकबिनै गरेका थियौं । जसले गर्दा टिकटको पैसा नउठ्दा एकैपटक ठूलो घाटा व्यहोर्न पुग्यौं,’ आर्थिक संकलन उपसमिति संयोजक सुनिल गुरुङले भने, ‘यसपटक केही बचत गर्न सफल भयौं ।’

२२ औं संस्करणमा प्रतियोगिताअवधिभर १० हजार जनाभन्दा बढी दर्शकले मैदानमै पुगेर खेल हेरेको आयोजकले जनाएको छ । टिकटबाटमात्रै सहाराले १७ लाख ८६ हजार संकलन गरेको थियो ।

मोमसलकै चर्चित मानिने आहारारा गोल्डकपको २२ औं संस्करणमा १० टिम सहभागी थिए । जसमा संकटा क्लबले जितेको थियो भने अमेरिकी टिम भुटनीज युथ स्पोर्टस् क्लब मिनोसोना युएस उपविजेता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्