Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

चन्दा चौधरीको प्रश्न : कांग्रेसको नेताले मात्रै भ्रष्टाचार गरेको हो ?

रातो कागज
2 वर्ष अघि

१२ भदौ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले संसदमा नेपाली कांग्रेसका नेताहरूमाथि प्रमण नपुगिकनै जेलमा राखिएको भनेर असन्तुष्टि व्यक्त गरेकी छन् ।

मंगलबार संसदको विशेष समयमा बोल्दै सांसद चौधरीले अरू पार्टीका नेताको प्रमण पुग्दा पनि कारवाही नगरेको, तर कांग्रेस नेतालाई प्रमाण नपुग्दा पनि पक्राउ गरिएको बताइन् ।

‘भ्रष्टाचार नै नगरी, मिडियाको भरमा, रेकर्डको भरमा, फेक न्यूजको भरमा हाम्रो कांग्रेसका नेताहरूमाथि कारवाही हुने, अरूको प्रमाणसहित हुँदा पनि दुधले धोएर, चोख्याएर घरमा राख्ने ?,’ सांसद चौधरीले प्रश्न गरिन्, ‘हाम्रो नेताहरूलाई प्रमण नै नहुँदा पनि जेलमा राख्ने ?’

उनले संसदमा आफूलाई पीएचडी गरेको भन्ने माननीय संसदले लुगा फुकाल्दै बोल्ने, महिलाको चरित्र हत्या गर्ने काम भएको तर कांग्र्रेसको माननीयलाई मात्रै कारवाही भएको बताइन् ।

‘हामीले यो कारवाही नगर्ने भनेको होइन । तर फेक समाचारका भरमा यस्तो नहोस्, सत्यतथ्य प्रमाणित भइसकेपछि समातेर कारवाही होस्,’ उनले भनिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया