४ आश्विन २०८१, शुक्रबार
राजनीति समाज

३४ वर्षपछि सिरहाको सर्रे अम्बासमा एमालेको बैठक बस्दै

१३ भदौ, लहान । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज सिरहाको धनगढीमाई नगरपालिका-१४ सर्रे अम्बासमा बस्ने भएको छ ।

नेकपा (एमाले)का केन्द्रीय सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेशकुमार भट्टराईका अनुसार पूर्वनिर्धारित योजनाअनुसार नै आज पार्टीको सचिवालय बैठक बस्न लागेको हो । बिहान ११: ३० बजे बस्ने बैठककको सबै तयारी पूरा भएको छ ।

यस अघि यही भदौ ९ गतेका लागि तय भएको सचिवालय बैठक निरन्तरको वर्षाका कारण प्रतिकूल स्थिति सिर्जना भएकाले आजका लागि सारिएको थियो ।

सचिवालय बैठक बस्न लागेको स्थानमा नेकपा (माले) ले २०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म भूमिगत समयमा चौथो महाधिवेशन गरेको थियो ।

सो महाधिवेशनले मदन भण्डारीलाई पार्टीको महासचिव चुनेको थियो । त्यसको करिब ३४ वर्षपछि सोही स्थानमा सचिवालय बैठक बस्न लागेको छ ।

‘चौथो महाधिवेशन नीति, कार्यक्रम र नेतृत्वका हिसाबले अग्रगामी रहेको थियो’, सचिव भट्टराईले भने, ‘एमालेको विचार निर्माणमा त्यो महाधिवेशन ऐतिहासिक थियो । त्यसैको सम्झनास्वरुप बैठक यही स्थानमा तय गरिएको हो ।’

प्रतिक्रिया दिनुहोस्