Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

नेपाल-पाकिस्तानबीचको क्रिकेट हेर्न जनकपुरका सबै विद्यालयमा बिदा

रातो कागज
2 वर्ष अघि

१३ भदौ, जनकपुरधाम । नेपाल र पाकिस्तानबीच क्रिकेट हेर्न जनकपुरधाम उपमहानगरले शैक्षिक संस्थालाई आकस्मिक विदाको दिएको छ ।

आज दिउँसो ३ बजेबाट हुने खेल हेर्न विद्यार्थीलाई दिउँसो २ बजेदेखि जनकपुरधामका सामुदायिक तथा संस्थागत विद्यालयलाई विदा दिएको  हो ।

जनकपुरधाम उपमहानगरपालिकाका वरिष्ठ उपसचिव मेहीलाल यादवले आज दिउँसो १ बजे आकस्मिक विदा दिएको बताए ।

मुल्तान क्रिकेट स्टेडियममा नेपालले बुधबार दिउँसो सवा ३ बजे पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया