३ आश्विन २०८१, बिहीबार
खेलकुद

पाकिस्तानले नेपाललाई दियो ३४३ रनको नको विशाल लक्ष्य

१३ भदौ, काठमाडौं । कप्तान बाबर आजमसँगै इफ्तिखार अहमद उत्कृष्ट साझेदारीसँगै पाकिस्तानले एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाललाई ३४३ रनको नको विशाल लक्ष्य लिएको छ ।

मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीलाई नेपाली बलरहरुले दबाबमा राखेका थिए । २१ रन बनाउँदा फखार जमानलाई करण केसीले पभेलियनको बाटो देखाए । थप चार रन जोड्दा अर्का ओपनर इमाम उलहक रनआउट भए । कप्तान रोहितकुमार पौडेलले डाइरेक्ट हिट मारेका थिए ।

कप्तान बाबर आजमले पारी सम्हाले । उनले मोहम्मद रिवाजसँग ८६ रनको साझेदारी गरे । उनलाई दीपेन्द्रसिंह ऐरीले रन आउट गरेका थिए । थप २३ रन जोड्दा आगा सलमान पनि आउट भए । सन्दीप लामिछानेले उनलाई कुशल भुर्तेलको हातबाट क्याच गराएका थिए ।

तर कप्तान बाबरले इफ्तिखार अहमदसँग मिलेर पाकिस्तानलाई विशाल योगफलमा पुर्‍याए । दुबैले पाँचौं विकेटका लागि २१४ रनको साझेदारी गरे ।
४१.२ओभरमा करियरको १९औं शतक बनाएका आजम ४७.६ ओभरमा १५० रन पुरा गरेका थिए । अर्को ओभरको अन्तिम बल खेल्नु अघि इफ्तिखारले पनि करियरको पहिलो शतक पुरा गरे ।

अन्तिम दुई बल खेल्नु अघि सोमपाल कामीले आजमको विकेट लिए । १३१ रन बनाएका उनले १५१ रन बनाए । त्यसक्रममा उनले १४ चौका र ४ छक्का हाने ।

अन्तिम बलमा सोमपालले शदाब खानको विकेट लिएपछि पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनायो ।

प्रतिक्रिया दिनुहोस्