२ कार्तिक २०८१, शुक्रबार
राजनीति

इन्जिनियरिङ शिक्षामा बढाइएको शुल्क फिर्ता लिने सहमति

१३ भदौ, काठमाडौं । इन्जिनियरिङ शिक्षामा वृद्धि गरेको शुल्क फिर्ता हुने भएको छ । विद्यार्थीहरुले आमरण अनशनसम्मको आन्दोलन गरेपछि त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा गरेको शुल्क वृद्धि फिर्ता हुने भएको हो ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटा र शिक्षाध्यक्ष शिवलाल भुसालसहितका पदाधिकारीले विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिसँग बुधबार पाँच बुँदे सहमति गरेका छन् ।

जसमा इन्जिनियरिङ शिक्षामा भएको शुल्कवृद्धि फिर्ता लिन इन्जिनियरिङ अध्ययन संस्थानलाई निर्देशन दिने, विद्यार्थीका प्रतिनिधिसहित गठन हुने समितिले सात दिनभित्र नयाँ शुल्क तोक्ने सहमति पनि भएको छ ।

हाल स्थगित भएको प्रवेश परीक्षा लगायतका कार्यक्रम सञ्चालन गर्ने र आमरण अनशन लगायतका सबै आन्दोलनका कार्यक्रम फिर्ता लिने पनि सहमति पत्रमा उल्लेख छ ।

सहमतिपछि आन्दोलनको सबै कार्यक्रम फिर्ता गर्ने हुने केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए ।

शुल्क फिर्ताको माग गर्दै पुल्चोक इन्जिनियरिङ कलेजमा नेपाल विद्यार्थी संघका सुलभ चापागाईं, अखिल क्रान्तिकारीका केशव रावल, समाजवादी विद्यार्थी युनियनकी रसना यादव, अखिल क्रान्तिकारीका प्रेम सिंह आमरण अनसन बसेका थिए ।

इन्जिनियरिङ अध्ययन संस्थानले पूर्ण शुल्कीय तर्फको ७ लाख ७५ हजार बनाउने निर्णय गरेपछि विद्यार्थी संगठनहरुले आन्दोलन गर्दै आएका थिए ।

हेर्नुहोस् सहमति पत्र: 

प्रतिक्रिया दिनुहोस्