३ आश्विन २०८१, बिहीबार
खेलकुद

कतारले दियो नेपाललाई ७५ रनको लक्ष्य, इन्दुले लिइन् एकै ओभरमा ३ विकेट

१८ भदौ, काठमाडौं । इन्दु बर्माले एकै ओभरमा तीन विकेट लिए पनि आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोटमा कतारले नेपाललाई जितका लागि ७५ रनको दिएको छ ।

मलेसियाको युकेएम वाईएसडी क्रिकेट ओभलमा नेपालले टस जितेर कतारलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । जहाँ कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७४ रन बनायो ।

कतारका लागि साची डादवालले सर्वाधिक २१ रन बनाउँदा ओपनर एलिना खानले १५ तथा कप्तान आयशाले १० रन जोडिन् । एन्जेलाइन मरे १४ रनमा अविजित रहिन् ।

नेपालका लागि किफायती बलिङसमेत गरेकी इन्दुले ४ ओभरमा १० रन मात्र खर्चेर ३ विकेट लिइन् । उनले १७औं ओभरको तेस्रो, पाँचौ र छैटौं बलम विकेट लिएकी थिइन् । पुजा महतो र कविता जोशीले समान एक/एक विकेट लिए ।

यसअघि लगातार तीन खेल जितिसकेको नेपालले यो खेल जितेमा यूएईसँग समूहको अन्तिम खेल खेल्नुअघि नै सेमिफाइनलमा स्थान पक्का गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्