३ आश्विन २०८१, बिहीबार
खेलकुद

नेपाल र भारतबीचको खेल १०:३५ भित्र सुरु हुनैपर्ने, नभए स्थगित

१८ भदौ, काठमाडौं । एसिया कपमा नेपाल र भारतबीच वर्षाले अवरुद्ध खेल नेपाली समय अनुसार १०:३५ भित्र सुरु हुनैपर्ने भएको छ ।

२० ओभर खेल खेलाउन १०:३५ भित्र खेल सुरु भइसक्नुपर्ने अन्यथा खेल स्थगित हुने आधिकारिक घोषणा गरिएको छ । त्यसअघि नेपाली समय अनुसार १०:१५ बजे मैदानको निरीक्षण हुनेछ ।

श्रीलंकाको पाल्लिकेलेमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको भारतले २.१ ओभर ब्याटिङ गरेर १७ रन जोड्दा खेल वर्षाका कारण अवरुद्ध भएको थियो । खेल अवरुद्ध भएको साढे १ घण्टा भन्दा बढी भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्