Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

संयुक्त अभ्यासका लागि काठमाडौं आइपुगे अमेरिकी सेना

रातो कागज
2 वर्ष अघि

२१ भदौ, काठमाडौं । अमेरिकी सेनाको एउटा टुकडी संयुक्त अभ्यासका लागि बन्दोबस्तका सामग्रीसहित वायुसेनाको विमानमार्फत नेपाल आएको छ ।

नेपाली सेनासँग काठमाडौंमा संयुक्त अभ्यास गर्नका लागि अमेरिकी सेनाको टुकडी आज काठमाडौं ओर्लिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएको अमेरिकी वायु सेनाको विमान त्यसको भोलिपल्ट २२ भदौमा फिर्ता हुनेछ ।

दुई देशका सेनाबीच चल्ने संयुक्त अभ्यास तालिम २४ भदौदेखि १२ असोजसम्म सञ्चालन हुने प्रवक्ता भण्डारीले जानकारी दिए ।

उनका अनुसार नियमित रुपमा सञ्चालन हुँदै आएको दुई देशका सेनाबीचको संयुक्त अभ्यासको ४०औं संस्करणमा नेपाली सेनाका ३० जना र अमेरिकी सेनाका १२ जना गरी ४२ जना सैनिक सहभागी हुने छन् ।

संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायता लगायत विषयहरुमा अनुभव तथा ज्ञान आदानप्रदान हुने सेनाको भनाइ छ ।

सैनिक मुख्यालयका अनुसार नेपाली सेना अमेरिका, बेलायत, भारत, चीन, श्रीलङ्का, मंगोलिया, बंगलादेश, इजरायल लगायत देशका सैन्य संगठनहरूसँग खोज तथा उद्धार, विपद् व्यवस्थापन, प्रति आतंकवाद, पर्वतारोहण, संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा सहभागी रहँदा निर्वाह गर्नुपर्ने भूमिकाहरू लगायतका विषयमा संयुक्त तालिम तथा अभ्यासहरुमा सहभागी हुँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया