२ कार्तिक २०८१, शुक्रबार
राजनीति

गृह मन्त्रालयले गर्‍यो १० सहसचिवको सरुवा, सिडिओहरू फेरिए

२५ भदौ, काठमाडौं । गृह मन्त्रालयले १० जना सहसचिवको सरुवा गरी विभिन्न जिल्लामा नयाँ सिडिओ खटाएको छ । भक्तपुर, महोत्तरी, रुपन्देही र दाङमा मन्त्रालयले नयाँ सिडिओ पठाएको हो ।

भक्तपुरमा रोशनी कुमारी श्रेष्ठ, रुपन्देहीमा गणेश अर्याल, दाङमा रामबन्धु सुवेदी तथा महोत्तरीमा शिवराम गेलाललाई सिडिओका रुपमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

त्यस्तै,सहसचिव रुद्रबहादुर तामाङलाई अध्यागमन विभागको महानिर्देशकमा खटाएको छ । यसअघि महानिर्देशक रहेका झलकराम अधिकारी छानबिनका लागि मन्त्रालय तानिएपछि विभागको नेतृत्व रिक्त थियो ।

तामाङ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत थिए । त्यस्तै, विमानस्थलका अध्यागमन प्रमुख अध्यागमन अधिकृत पनि फेरिएका छन् । विमानस्थल अध्यागमन प्रमुखमा गोगनबहादुर हमाललाई पठाइएको छ

रुपन्देहीका सिडिओ भरतमणि पाण्डे, महोत्तरीका दिपक पहाडी तथा भक्तपुरका खगेन्द्र रिजाललाई मन्त्रालयमा तानिएको छ ।

प्रतिक्रिया दिनुहोस्