३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार समाज

शिक्षक सरूवाको अधिकार स्थानीय तहलाई

तर ३ वर्षसम्म सरूवा गर्न नपाइने

२७ भदौ, काठमाडौं । सरकारले शिक्षकको सरूवाको अधिकार स्थानीय तहलाई दिने गरी विधेयक ल्याएको छ ।

बुधबार संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा स्थानीय तहले आफूअन्तर्गतका एउटा सार्वजनिक विद्यालयबाट अर्को विद्यालयमा शिक्षक सरुवा गर्न सक्ने व्यवस्था गरिएको छ ।

यसरी सरुवा गर्दा आधारभूत तहको साधारण शिक्षकलाई समान पदको रिक्त पदमा र आधारभूत तहको विषयगत तथा माध्यमिक तहको शिक्षकलाई विषयगत रिक्त पदमा मात्र सरुवा गर्नुपर्नेछ ।

एउटा स्थानीय तहको सार्वजनिक विद्यालयबाट अर्को स्थानीय तहको सार्वजनिक विद्यालयमा सरुवा गर्नु परेमा रिक्त पदमा सरुवाका लागि शिक्षकले निवेदन दिनुपर्नेछ । यसमा विषयसमेत मिल्नुपर्छ । अनि दुवै स्थानीय तहको सहमति चाहिन्छ ।

तर, सरुवा भएर आउने विद्यालयको रिक्त पदमा पदपूर्तिका लागि विज्ञापन भएको वा माग पठाएको अवस्थामा भने सरुवा गर्न पाइने छैन । साथै नियुक्ति भएको ३ वर्ष पूरा नभएसम्म शिक्षकलाई सरूवा गर्न पाइने छैन।

स्थानीय तहले शिक्षकलाई सरूवाको रमाना पत्र दिँदा किताब खानामा रेकर्ड अद्यावधिक गरिसकेपछि मात्र रमाना दिनु पर्ने व्‍यवस्था गरिएको विधेयकमा उल्लेख छ ।

हेर्नुहोस् शिक्षकको सरूवा सम्बन्धी व्‍यवस्था :

प्रतिक्रिया दिनुहोस्