४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति

अर्थ मन्त्रालयका ५५ जना कर्मचारीको एकैसाथ सरूवा

२७ भदौ, काठमाडौं । अर्थ मन्त्रालयले ५५ जना कर्मचारीको एकैसाथ सरूवा गरेको छ ।

मन्त्रालयका अनुसार अर्थ प्रशासनभित्र कर अधिकृतहरुको एक साथ व्यापक हेरफेर गरिएको हो । जसमा मन्त्रालयबाट उपसचिवहरुलाई कर कार्यालयमा खटाइएको छ भने कतिपय उपसचिवहरुको कार्यालय परिवर्तन गराइएको छ । मन्त्रालयले यसलाई नियमित सरुवा समेत भनेको छ ।

मन्त्रालयले इन्द्रबहादुर देवकोटालाई अर्थबाट ठूला करदाता कार्यालयमा पठाएको छ । चुडाराज सापकोटालाई आन्तरिक राजस्व कार्यालय जोरपाटीको जिम्मेवारी दिइएको छ ।

आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरको जिम्मेवारी राजुप्रसाद प्याकुलरेललाई दिइएको छ । उनी यसअघि आन्तरिक राजस्व विभागमा थिए ।

ठमेल कार्यालयमा विमला अधिकारी, लाजिम्पाटमा बोधराज आचार्य र नयाँ बानेश्वरमा गोविन्दराज आचार्य र कलंकीमा ज्ञानहरि पन्थी तोकिएका

प्रतिक्रिया दिनुहोस्