३ आश्विन २०८१, बिहीबार
समाज

सर्वोच्चका प्रस्तावित न्यायाधीश बिनोद शर्मा सर्वसम्मत अनुमोदन

२९ भदौ, काठमाडौं । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश बिनोद शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

शुक्रबार सिंहदबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले न्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।

संसदीय समितिले अनुमोदन गरेपछि मात्र राष्ट्रपतिले न्यायाधीश नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ । उनीविरूद्ध एउटा पनि उजुरू नपरेपछि सिधै सुनुवाइ भएको हो ।

प्रतिक्रिया दिनुहोस्