३ आश्विन २०८१, बिहीबार
समाज

कुटपिटको विरोधमा सडकमा निस्किए डाक्टरहरु

९ असोज, काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकहरुले प्रदर्शन गरेका छन् ।

माइतीघर मण्डलमा ठूलो संख्यामा भेला भएका चिकित्सकले आफूहरुको भौतिक सुरक्षाको माग गरेका छन् । सेतो कोट लगाएर प्रदर्शनमा उत्रिएका चिकित्सकहरुले आक्रमणकारीले कडा कारबाही गर्ने कानुन बनाउन पनि माग गरे ।

उनीहरुले अस्पताल नआऊ, डाक्टर बिरामी दुबैको ज्यान बचाऊ, स्वास्थ्यकर्मीमाथिको हिंसा बन्द गर, डाक्टर कुट्न पाइँदैन, कुटाइ खाने कहिलेसम्म ? लेखेको प्लेकार्ड बोकेका थिए ।

चिकित्सकको प्रदर्शनका क्रममा प्रहरीसँग धकेलाधकेल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्