३ कार्तिक २०८१, शनिबार
राजनीति

काठमाडौंमा डाक्टरहरुले गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप

११ असोज, काठमाडौं । चिकित्सकहरुको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

बानेश्वर–माइतीघर सडकखण्डमा प्रदर्शनमा उत्रिएका चिकित्सकहरुलाई प्रहरीले रोक्न खोजेपछि धक्कामुक्की भएको थियो । त्यसक्रममा चिकित्सकहरुले प्रहरी दमन बन्द गर भन्दै नारा लगाएका थिए ।

चिकित्सकहरुले यो निषेधित क्षेत्र होइन, रोक्न पाइँदैन भन्दै अवरोध नगर्न अनुरोध गरेका थिए । तर प्रहरीले उनीहरुलाई अगाडि बढ्न दिएन ।

अस्पतालहरुमा चिकित्सकहरुमाथि हातपात हुन थालेपछि आवासीय चिकित्सकहले विरोध प्रदर्शन गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्