४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाज

गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित १३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

१७ असोज, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रोल्पाको गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्ष रिता घर्ती, निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव यादवसहित १३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गंगादेवको घोरानेटी खोलादेखि घोरानेटी सोलार पम्पिङको खानेपानी निर्माण योजनामा बढी रकम भुक्तानी भएको गलत प्रतिवेदन बुझाई रकम भुक्तानी गरेकाले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत (जनस्वास्थ्य निरीक्षक)सकलदेव यादव र योजना अधिकृत कृष्णबहादुर घर्ती, तत्कालीन ईन्जिनियर नविन डाँगी, सब इन्जिनियर रोशनी विष्ट र खानेपानी सरसफाइ टेक्निसियन बल बहादुर बस्‍नेत, उपभोक्ता समितिका अध्यक्ष मन बहादुर डाँगी, सचिव खड्कबहादुर डाँगी र कोषाध्‍यक्ष चन्द्र कुमारी डागी, गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष रिता घर्ती, वडा-२ का तत्कालीन अध्यक्ष भूपाल दमाई र वडा सदस्‍य टिका विक, वडा-२ का तत्कालीन वडा सदस्य गनबहादुर भण्डारी र वडासचिव कुलबहादुर योगीविरूद्ध अख्तियारले मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

उनीहरूले गतल नापी किताब तयार गरी सोही बमोजिमको झुट्टा बिल भरपाई तयार गर्न लगाइ भए गरेको कार्यभन्दा बढी भुक्तानी नै गर्न नमिल्‍ने ४ लाख ६६ हजार ४८८ रुपैया ९८ पैसा भुक्तानी दिएको हुँदा उनीहरूविरूघ भ्रष्टाचार निवारण ऐन २०५९को दफा ८ को उपदफा १ को ग र ङ बमोजिमको कैद र बिगो जरिवानमा अख्तियारले माग दाबी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्