३१ भाद्र २०८१, सोमबार
अर्थ मुख्‍य समाचार

कर्णालीमा पनि सुपथ मुल्य पसल चलाउन संसदीय समितिको निर्देशन

१७ असोज, काठमाडौं । संसदीय समितिले कर्णाली प्रदेशका दुर्गम जिल्लाहरुमा पनि सुपथ मुल्य पसल चलाउन सरकारलाई निर्देशन दिएको छ ।

बुधबार बसेको समितिको बैठकले नुन, चिनी, चामल, दाल लगयातका अत्यावश्यक वस्तुको पर्याप्त व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो ।

चाडपर्वको समयमा अत्यावश्यक पर्ने जिरा, मरिच धनिया, ल्वाङ, सुकुमेल लगायतका मसलाजन्य वस्तु र अन्य खाद्य पदार्थमा भएको अस्वभाविक मूल्यवृद्धि हुन सक्नेतर्फ ध्यान दिँदै उपभोक्तालाई सुपथ र गुणस्तरीय उपभोग्य सामानहरु सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

समिति सभापति अब्दुल खानले चाडपर्व लक्षित सुपथ मूल्यका पसलहरु देशका दुर्गम र हिमाली जिल्लाहरुमा समेत सञ्चालन गर्नउद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिए ।

समितिको निर्णयमा भनिएको छ, कर्णाली प्रदेशका दुर्गम जिल्लाहरुमा नुन, चीनी, चामल, दाल लगयातका अत्यावश्यक बस्तुहरुको पर्याप्त व्यवस्था गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने ।’

प्रतिक्रिया दिनुहोस्