Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

महिला भलिबलमा नेपाल हङकङसँग पनि पराजित

रातो कागज
2 वर्ष अघि

१९ असोज, हान्झाउ । १९औं एसियाड अन्तर्गत महिला भलिबलमा नेपाल हङकङसँग पराजित भएको छ ।

नवौं देखि १२औं स्थानसम्मको लागि भएको क्लासिफिकेसन म्याचमा नेपाल हङकङसँग ३-० ले पराजित भएको हो ।

हान्झाउ नर्मल युनिभर्सिटी जिम्नयासियममा भएको खेलमा हङकङले नेपाललाई २५-२२, २५-१६, २५-१८ ले पराजित भए ।

पहिलो पटक एसियाड खेलिरहेको नेपालको यो चौथो हार हो । समूह चरणमा भियतनाम र दक्षिण कोरियासँग पराजित भएको नेपाल त्यसपछि क्लासिफिकेसन म्याचमा भारतसँग प्रतिस्पर्धात्मक खेलमा पराजित भएको थियो ।

अब नेपालले ११औं स्थानको लागि मंगोलियासँग शनिबार खेल्नेछ । मंगोलिया शुक्रबार भारतसँग ३-० को सेटमा पराजित भएको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया