जितियामा देखिएको विकृत संस्कृति कहिले सुध्रिन्छ ?
हिजो आज समाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा जितिया महोत्सवको जतातत्तै चर्चा परिचर्चा र प्रचार प्रसार ब्यापक रुपमा भइरहेको देखिन्छ । संचारको यहि नै फाइदा यो र यो हुनु पनि पर्छ । टोल स्तरमा, वडा स्तरमा, नगरस्तरमा, जिल्ला स्तरमा तथा देश र विदेश स्तरमा समेत मनाइने सुचनाहरुले समाजिक सञ्जाल भरिएको छ ।
महोत्सवको मुख्य आकर्षणको रुपमा साँस्कृतिक कार्यक्रमलाई प्रमुख प्राथमिकतामा राखेर विभिन्न कलाकारहरु समावेश गरीने जानकारी तथा निमन्त्रणा गरिएको पाइन्छ । आफ्नो छुट्टै पहिचान रहेको थारु समुदायको अनेक पर्वहरु मध्ये एक प्रमुख पर्व जितिया हो । यो पर्वले थारु समुदायको संस्कृति, परम्परा, विश्वास र सभ्यतालाई उजागर गरेको छ जसको विभिन्न पक्षहरु मध्ये साँस्कृतिक कार्यक्रम पनि एक प्रमुख पक्ष हो ।
जितिया पर्व थरुहट, तराईको साथै मधेशको मुल आदिवासी थारु समुदाय लगायत थारु समुदाय सँगसँगै बसोवास गरि आएका अन्य समुदायहरुले पनि आफ्नो सन्तानको दिर्घायु र परिवारको सुख सम्बृद्धीको लागि श्रद्धा र भक्तिपुर्व मनाइने गरिन्छ ।
यो पर्वले छोरीचेलीहरुलाई माइतीसँगको अटुट माया प्रेम र स्नेहको अविरल सम्बन्ध पनि झल्काएको छ । यसलाई भाई बहिनीको बिचको अटुट सम्बन्धसंग पनि जोडने गरिन्छ । यसले माइती र ससुरालीलाई पनि जोड्ने काम गर्दछ । यो एक किसिमको उपवास, साधना हो जसले मनमा शान्ति तथा आत्मविश्वास बढाउनमा मदत गर्दछ ।
जितियाको वर्त शुरु गर्नको लागि सबभन्दा पहिले आश्विन महिनाको कृष्ण पक्ष सतमी तिथि शनिबार, अष्ठमी तिथि आइतबार र नवमी तिथि सोमबार हुनैपर्छ । जसलाई खरदिन या शुद्ध जितिया भनिन्छ । यस दिन जितिया सुरूवात गरिसकेपछि अर्को साल वर्त बस्नको लागि खरदिनको आवश्यक्ता पर्दैन । जुनदिन तिथि परे पनि वर्त लिन सकिन्छ । जस अनुसार सतमी तिथिमा लेह्या (नुवाई धुवाई गरी विहान पुजा गर्ने र ओटघन अर्थात दर खाने गरिन्छ) भने अष्ठमी तिथिमा उपवास अर्थात (केहि पनि नखाई निराहार बसिन्छ भने नवमी तिथि सुरू भएपछि पारन (अर्थात विधिवत रुपमा पुजा गरी खानपिनको शुरुवात) गरिन्छ ।
मुख्य रुपमा ३ दिन यो पर्व रहे पनि यसमा बर्षो देखिको इच्छा आकाँक्षा र चाहना जोडिएको हुन्छ । वर्तालु दिदी बहिनीहरुको लागि आफ्नो घर ससुरालीबाट माइती ल्याउने पहिलो पाटो हो । नवदुलहीहरुलाई त महिना दिन पहिले नै यसरी लैजाने चलन छ । यसको आफ्नो छुट्टै महत्व छ ।
फूलाई लिन आउने भाई वा बुवाको लागि बिशिष्ट किसिमको परिकार मध्ये परेवाको मासु एक प्रमुख हो । जसको लागि पहिला देखि तयारी गरेको हुन्छ । माइति पक्षको लागि इन्तजार अर्थात कहिले आउँछ त्यसको पर्खाइमा आफ्नै माया स्नेह रहेको हुन्छ भने दिक्दारी पनि त्यतिकै रहेको हुन्छ । माइतीघर लैजाने कोसेली पनि त्यही अनुसारको तयारी गरिएको हुन्छ ।
माइती पुगेपछिको सखी बहैनपाहरुसँगको भैटले पुराना सबै यादहरुलाई ताजा गर्दछ भने एक अर्का विचको अनुभव साटा साटले नयाँ उर्जाको काम गर्दछ । भान्जा भान्जीहरुले आफ्नै स्वतन्त्रता महसुशगरी खेलमे ब्यस्त रहन्छ । बुवा आमा पनि छोरी चेलीको आगमनले खुशी माथी खुशीसाथ आनन्दको महशुस गरिरहेको हुन्छ र वर्तालुहरुको लागि चाहिने आवश्यक सामग्री जुटाउनमा नै ब्यस्त रहन्छ ।
ओटघनको लागि के के कस्तो किसिमको परिकार पकाउने, त्यसको जोहो गर्नमा नै वहाँहरु आनन्दको महशुस गरिरहेको हुन्छ कारण ओटघनमा केहि खानपान अनिवार्य नै रहेको हुन्छ जस्तै- ओल (एक प्रकारको माटो मुनी फल्ने डल्ला/जरा)। खानामा बन्देज नरहे पनि मासु खाँदैन तर माँशाहारीले माछा खान सक्छ ।
सतमी तिथिमा ओटघटन भए पछी अष्ठमी तिथिमा उपास रहने गर्दछ । निराहार रहेको हुन्छ । दिनमा जसोतसो दिदी बहिनीसंगको लामो भेट र जितमहानको कथा र पुजा तथा मेलामा समय बित्ने भए पनि रातको समयमा ध्यान अन्तै नजावोस त्यसको लागि नाच गान गर्ने चलन छ जसमा थारु समुदायको मौलिक नाच र ज्ञान वर्धक प्रहसन, तथ्यमा अधारित ड्रामा समावेश गरिएको हुन्छ । जसले उपवास वसेका वर्तालुहरुलाई थप उर्जा प्रदान गर्दछ । यो जितिया पर्वको अर्को एक महत्वपूर्ण पाटो हो जसले वर्तालुको साथ साथै सम्पुर्ण गाउँ समाजलाई नै मनोरञ्जन प्रदान गर्दै शिक्षा पनि दिने गर्दछ ।
नवमी तिथिमा पारन हुन्छ । जसमा वर्तालु दिदी बहिनीहरुले विहान जितमहान र सुर्यको पुजा गरी विधिवत रुपमा अन्न ग्रहणको सुरूवात गर्दछ । त्यसपछिको अन्तिम पाटो भनेको दिदी बहिनी, भान्जा भान्जीहरुलाई आफ्नो क्षमता अनुसारको उपयुक्त दिनमा लत्ताकपडा त कोसेली सहित विदाई गर्नु हो ।
थारु किंवदन्ती अनुसार धेरै समय पहिलाको कुरा हो जम्बुद्विप (भारतिय प्रायद्विप) मा सारिवाहन नामको एउटा प्रतापी राजा थियो उसको रानीको नाम सहाय थियो । राजारानीको चौथापनमा अनेक उपाय पछि सन्तानको सौभाग्य प्राप्त भयो । एउटा सुन्दर कन्याको जन्म भयो । नाम मसवासी राखियो ।
कन्या धर्मात्मा र अध्यात्मिक स्वभावको थिइन् । सुर्य उदय हुनु भन्दा पहिले नदिमा गई अस्लान गर्ने र भित्र कुटी आई तपस्या गर्ने गर्द थिइन् । एक दिन ढिलो हुन गएको कारण सुर्यको प्रकाश शरिरमा गमन भई सौर्य शक्तिले मसवासी गर्भवती भइन्। समय पुगेपछी सुन्दार बालको जन्म दिइन् । जसले गाउँघरमा सबैलाई जेमा पनि जित्ने भएकोले सबैले उसको नाम जितुवा राखेको थियो ।
एकदिनको खेलमा जितुवा वुवाको नाम नजानेको कारण उसको हार भयो । अठोट लिई बुवालाई भेट्न घरबाट निस्कियो तर सुर्य संग भेट भएन । एक दिन सुर्य जितुवालाई मानवको रुपमा दर्शन दिई मनै तिम्रो बुवा सुर्य हुँ । तिमिलाई म आशिर्वाद र असिम शक्ति दिन्छु भनि जितुवालाइ विधिवत रुपमा जसले आश्विन शुकल् पक्षको सतमी अष्टमी नवमी तिथिमा तिम्रो पुजा जसले विधि पुर्वक गर्दछ उसको सन्तान र परिवारलाई तिमी जस्तो समस्या कहिले आउँदैन र सन्तान पराक्रमी तथा दीर्घायु रहन्छ । त्यसै विश्वासमा उही समय देखि यो पर्व मनाउदै आइरहकेको जनविश्वास रहेको छ ।
यति हुँदाहुँदै पनि अहिलेको आधुनिक जितिया पर्वमा अन्य पाटोहरुलाई थाती राखेर केवल नाच गानमा सिमित हुँदै गईरहेको छ । जतिया पर्वको अवसरमा नाचगान हुनु राम्रो कुरा हो संस्कृति बचाउनु राम्रो कुरा हो तर संस्कृतिको नामम बिकृति उत्पन्न हुने थलो नबनोस भन्ने तर्फ सचेत हुनै पर्छ । समय अनुसार परिवर्तन हुनै पर्छ तर परिवर्तनको असल पक्षलाई अंगाल्नु पर्छ भने पहिचानको रुपमा रहेको आफ्नो संस्कृतिलाई पनि उजागर गर्दै जानु पर्छ ।
जितिया पर्वको आफ्नो छुट्टै महत्व र विशेषता रहेको छ । यसको अध्यार्मिक र धार्मिक महत्व त छँदैछ । ब्यक्तिगत महत्व, पारिवारिक महत्व, सामाजिक महत्व को साथ साथै प्रकृतिक महत्व रहको छ । यो पर्वमा अन्य प्राणि संगको व्यवहार र सदभाव पनि दर्शाएको छ । यसले विधि भन्दा बाहिर कोइ पनि छैन ।
प्रकृतिको सृजना मानव, पशुपंक्षी, चरा चुरुङ्गी, बोट बिरुवा सबैको आ-आफ्नै महत्व रहेको छ । एकको बिनास भएमा त्यसले अरुलाई पनि असर गर्छ भने मानवियताको पनि स्पष्ट बखान गरेको छ। विधि प्रकृया पुर्याएर निष्टा पूर्वक धेर्यधारण साथ गरेको कुनै पनि काम असफल हुँदैन भने दिशानिर्देश पनि गरेको छ ।
यति हुँदाहुँदै पनि अहिलेको आधुनिक जितिया पर्वमा अन्य पाटोहरुलाई थाती राखेर केवल नाच गानमा सिमित हुँदै गईरहेको छ । जतिया पर्वको अवसरमा नाचगान हुनु राम्रो कुरा हो संस्कृति बचाउनु राम्रो कुरा हो तर संस्कृतिको नामम बिकृति उत्पन्न हुने थलो नबनोस भन्ने तर्फ सचेत हुनै पर्छ । समय अनुसार परिवर्तन हुनै पर्छ तर परिवर्तनको असल पक्षलाई अंगाल्नु पर्छ भने पहिचानको रुपमा रहेको आफ्नो संस्कृतिलाई पनि उजागर गर्दै जानु पर्छ ।
घर घरमा जितिया पर्व मनाउने गरे पनि थारु समुदायले राजधानी काठमाण्डौमा थारु कल्याणकारिणी सभा उपत्यका समितिको आयोजनामा पर्यटन प्रबर्द्धन गर्ने उदेश्यले नेपाल पर्यटन बोर्डको सभा हलमा २०६१ सालमा पहिलो पल्ट जितिया पर्वको आयोजना गरेको थियो । त्यसपछि २०६२ सालमा थारु महिला समाजले यसलाई भव्य र सभ्य रुपमा झाँकी र्यालीसहित प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय जितिया पर्व भनेर आयोजना गर्यो।
यो पर्वले थारुलाई छुट्टै पहिचान स्थापित गर्नमा सहयोग गर्यो । यसले थारु समुदाय प्रति रहको नाकारात्मक भ्रमलाई धेरै हदसम्म चिर्ने काम गर्यो । यसले आदिवासी थारुको आफ्नै भाषा संस्कृति, प्रथा, परम्परा, रहन सहन, रितिरिवाज र चाँड पर्व रहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्पष्ट पार्ने काम गर्यो । यसरी सानो सभा हलबाट शुरु भएको महोत्सव अहिले टोल टोल र नगर नगरमा पुगेको छ । काठमाण्डौ उपत्यकामा नै तिन ठाउँमा महोत्सवकै रुपमा आयोजना हुँदैछ । जसको मूल कारण लोकतन्त्र, संघीयता र पहिचान पनि हो ।
हो, यो पर्व र संस्कृतिहरुले हामीलाई पहिचान दियो । नेपालको संविधानले थारु समुदायको आफ्नो छुट्टै अस्तित्व रहेको स्विकार गर्यो र ग्रहण पनि गर्यो । के यो प्रयाप्त छ त ? यसले थारु समुदायलाई अहिलेको प्रतिस्पर्धात्मक समयमा आफ्नो अस्तित्व कायम गर्न सकेको छ त ? लगायतका थुप्रै प्रश्नहरु थारु समुदायको सामुन्नेमा टडकारो रुपमा उभिएको छ ? कहि संस्कृतिको नाममा हामी पछाडी तिर त गई रहेका छैनौ ? सोँच्ने बेला भएको छ ।
जितिया महोत्सवलाई आन्दोलनको रुपमा माग मुद्दा उजागर गर्ने मञ्चको रुपमा थारु समुदायले उपयोग गरेकै हो । अब त्यही समय आएको छ । के जितियालाई हामी सामाजिक सचेतनाको उत्सवको रुपमा मनाउन सक्दैनौ ? के जितियालाई राजनितिक सचेतनाको रुपमा मनाउन सकिदैन ? जितियालाई शैक्षिक क्रान्तिको रुपमा पनि मनाउन सकिदैन ? हो अवश्य पनि सकिन्छ । यदि हामीले सोंच र इच्छा शक्ति बदल्न सक्यौ भने जितियालाई सामाजिक सदभाव र मेलमिलापको रुपमा पनि मनाउन सक्छौ । यसलाई आर्थिक क्रान्तिको रुपमा पनि मनाउन सक्छौ ।
थारु समुदायको शैक्षिकस्तर खस्किरहेको र गाउँ घरमा लागु औषध कुलत बढी रहेको समयमा त्यसको निर्मुल गर्ने अभियानको रुपमा पनि हामी यसलाई मनाउन सक्छौ । घरेलु हिंसा, लैङ्गिक हिंसाविरुद्धको अभियानको रुपमा पनि मनाउन सक्छौ । तर, अपसोच कुनै सामाजिक संघ संस्था वा स्थानिय निकायहरुले सामाजिक सञ्जालमा पोष्ट गरेको जानकारीहरुमा त्यस्तो केही पनि देखिएन । साँस्कृतिक कार्यक्रमहरु मात्र रहेको देखियो जसमा पनि थारु पौराणिक मूल संस्कृति भन्दा पनि विकृति उन्मुख गितहरुको दबदवा रह्यो ।
के यसले संस्कृतिको नाममा विकृति भित्री रहेको छैन ? समीक्षा र सोंच्ने बेला आइसकेको छ । जितियाको सबल पक्षलाई छोडेर दुर्वल पक्षतिर आकर्षित हुँदैछौ ।
नाचगानममा मात्रै सीमित नगरी यसलाई कलाकार उत्पादन, प्रतिभा प्रष्फुटन तथा व्यवसायिकता र परिवर्तनको सम्बाहकको रुपमा उपयोग गरौ । सोंच बदलौ, परिवर्तन गरौ, अगामी जितिया महोत्सवलाई एउटा क्रान्तिको रुपमा भव्य र सभ्य रुपले मनाउने प्रण गरौ । “दोहाइ जितमहान बबाके” ।
प्रतिक्रिया दिनुहोस्