३ कार्तिक २०८१, शनिबार
राजनीति समाचार

सिहंदरबारमा सर्वदलीय बैठक सुरु

२२ असोज, काठमाडौं । इजरायलमा भएको प्यालेस्टाइनी लडाकू समूहको आक्रमण विद्यालय शिक्षा ऐनलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी दलको समेत सहभागिता रहेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्रीले इजरायलमा भएको आक्रमणमा परका नेपालीहरूको अवस्थाबारे जानकारी गराउने र विद्यालय शिक्षा ऐन संशोधनका विषयमा कुरा राख्ने पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्