३ आश्विन २०८१, बिहीबार
बैंक–वित्त

इजरायलमा रहेका नेपालीलाई लिन परराष्ट्रमन्त्रीसहितको टोली इजरायल जाने

२४ असोज, काठमाडौं । सरकारले इजरायलमा रहेका नेपालीहरुलाई लिन राति ११ बजे नेपाल एयरलाइन्स पठाउने निर्णय गरेको छ ।

बुधवार बसेको मन्त्रीपरिषद्को बैठकले राति ११ बजे परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको नेतृत्वमा विमान इजरायल जाने निर्णय गरेको हो ।

बैठकपछि निर्णय सुनाउँदै कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेपाल आउन चाहने नेपालीलाई लिनका विमान जाने र आफैँ जहाजमा चढेर आउन चाहे पनि त्यस्ता व्यक्तिको भाडा सरकारले तिर्ने निर्णय भएको बताए ।

उनले भने, ‘आज विशेष गरेर इजरायलमा भएको दुःखद् घटनाको सन्दर्भमा सरकारले शुरुदेखि नै पहल गरिरहेको छ । त्यस घटनाका सन्दर्भमा विशेष गरी नेपाल आउन चाहने नेपालीलाई लिनका लागि आज लगभग ११ बजे नेपालबाट नेपाल एयरलाइन्समा परराष्ट्रमन्त्री स्वयं त्यस जहाजमा जाने र नेपालीलाई लिएर आउने । अब आउन पाइन भन्ने भन्दा पनि नेपाली लिएर आउने । त्यहाँबाट आफैँ जहाजमा चढेर आउन चाहे पनि त्यस्ता व्यक्तिको टिकटको भाडा पनि सरकारले नै व्यहोर्ने निर्णय भएको छ ।’

इजरायलमा भएको आक्रमणमा परी मृत्यु भएकाहरुको शव भने जहाजमा ल्याउन नमिल्ने भएकाले छुट्टै ल्याइने बताए ।

प्रतिक्रिया दिनुहोस्