४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

हतियार देखाई लुटपाटमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

२६ असोज, काठमाडौं । काठमाडौंको बौद्ध क्षेत्रमा हतियार देखाई लुटपाटमा संलग्न रहेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कमलामाई नगरपालिका-२, सिन्धुलीका ३६ वर्षीय अमर घलान, लालबन्दी नगरपालिका-१५, सर्लाही घर भई काँडाघारी बस्‍ने ३६ वर्षीय सन्तोष लो तामाङ र लिशंखु पाखर गाउँपालिका-२, सिन्धुली घर भई हाल गोकर्णेश्वर बस्‍ने ३० वर्षीय जितेन लामा रहेका छन् ।

पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत बौद्ध पठाइएको प्रहरीले जनाएको छ ।

बिहीबार गोकर्णेश्वर नगरपालिका-९ जगडोलमा लुटेरा समूह आएको खबर पाएपछि प्रहरी पुगेको थियो । तर लुटेरा समूहले हतियार निकालेपछि आत्मरक्षाका लागि गोली चलाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्