सिरहाको लहानमा थारू सामुदायिक सेवा सदनको पाँच तले भवन बन्ने
६ कात्तिक, सिरहा । सिरहाको लहानमा थारू सामुदायिक सेवा सदनको पाँच तले भवन बन्ने भएको छ ।
सोमबार आश्विन शुक्ल पक्ष नवमी तिथिको शुभ साइतमा लहानको सिंगराही बैठारमा सामुदायिक भवनको शिलान्यास गरिएको हो ।
भवनको शिलान्यास लहान नगरपालिकाका मेयर महेशप्रसाद चौधरीले गरेका हुन् ।
भवन पाँच तले बन्ने भवनमा सभा हल, लज, धर्मशालाको सेवा सुविधा उपलब्ध हुने थारू सामुदायि सेवा केन्द्र लहान, सिरहाका अध्यक्ष रामस्वरुप चौधरीले बताए । उनका अनुसार थारू सांस्कृतिक, ऐतिहासिक र धार्मिक केन्द्रलगायतका कार्यक्रम हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्