Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

टीकाको दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा

News and Updates
1 वर्ष अघि

६ कात्तिक, काठमाडौं । नेपाल प्रहरीले मंगलबार विजया दशमी (टीका)को दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा दिए भएको छ ।

दशैंको टीका ग्रहणका लागि आवातजावत गर्ने सर्बसाधारणको सहजताका लागि उपत्यका दुई वटा रुटमा निःशुल्क सेवा दिने प्रहरी हेडक्वाटरले जनाएको छ ।

दुई वटा रुटमा बिहान साढे ८ बजे र अपराह्न ४ बजेसम्म निःशुल्क बस सञ्चालन हुनेछन् ।

टीकाको दिन सशस्त्रले पनि नि:शुल्क बस सेवा सञ्चालन गर्ने घोषणा गरिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया