३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार समाज

परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान

१२ कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान गरेका छन् ।

अमेरिका भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले अमेरिकी समकक्षी एन्टोनी जे. ब्लिंकेनसँग वासिङटन डीसीमा भेटवार्ता गर्ने छन् ।

संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) की प्रशासक सामन्था पावर, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइट र अमेरिकी सरकारका अन्य उच्चस्तरीय अधिकारीहरूसँग पनि भेटवार्ता गर्नेछन् ।

युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिस (युएसआईपी) मा वार्ता कार्यक्रम, नेपाली–अमेरिकी व्यवसायी समुदायसँगको अन्तरक्रिया, सूचना प्रविधि सल्लाहकार सञ्जालसँगको भेटघाट, गैरआवासीय नेपाली संघका प्रतिनिधि र नेपाल–अमेरिका व्यवसायीसँगको अन्तरक्रियामा परराष्ट्रमन्त्रीको सहभागिता रहने उनको सचिवालयले जनाएको छ ।

साउद नेतृत्वको प्रतिनिधिमण्डलमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, परराष्ट्र मन्त्रालय र वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासका वरिष्ठ अधिकारीहरुका साथै नेपालस्थित एफएनसीसीआई र अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष छन् ।

परराष्ट्रमन्त्री साउद १९ कात्तिकमा काठमाडौं फर्कने छन् ।

प्रतिक्रिया दिनुहोस्