३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार समाचार समाज

राष्ट्रसंघका महासचिव गुटेरसको यस्तो छ अन्नपूर्ण र लुम्बीनी भ्रमण तालिका

१३ कात्तिक, पोखरा । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज बिहान अन्नपूर्ण आधार शिविर जानेछन् । गुटेरस आउने भएपछि उनको स्वागत कार्यक्रमको तयारी गरिएको छ ।

सोमबार पोखरामै बास बसेका गुटेरस मंगलबार बिहान ६ बजेर ३० मिनेटमा नेपाली सेनाको हेलिकप्टरबाट अन्नपूर्ण आधार शिविर जाने तालिका छ । आधार शिविरमा महासचिव गुटरेसले सामान्य चियापानमात्रै गर्नेछन् र करिब आधा घन्टा बिताएर पोखरा फर्किनेछन् ।

त्यसपछि गुटरेस आजै बिहान ८:३५ बजे भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने र त्यहीँबाट नेपाली सेनाको हेलिकप्टरमार्फत बिहान लुम्बिनी पुग्नेछन् ।

लुम्बीनीमा गुटेरसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र लुम्बीनी विकास कोषका उपाध्यक्ष ल्यार्क्याल लामाले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

गुटेरेसलाई सबैभन्दा पहिले शान्ति दीपमा लगिने र शान्ति दीपबाट मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, अशोक स्तम्भहरूको निरीक्षण गर्नेछन् । सोही क्रममा उनले सञ्चारकर्मीहरुलाई बिफ्रिङ गर्ने कार्यक्रम तय गरिएको छ ।

लुम्बिनीमा डेढ घण्टा बिताएपछि गुटरेस १० :३० बजे काठमाडौँ फर्किने कार्यक्रम रहेको छ भने उनले संघीय संसदको संयुक्त बैठकमा सम्बोधन गर्नेछन् ।

बैठक लगत्तै पत्रकार सम्मेलन गर्ने कार्यक्रम पनि तय भएको छ । उनी चार दिने नेपालको भ्रमण पूरा गरी बुधवार बेलायत जाने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्