३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार समाचार समाज

नियन्त्रणमा लिइयो कौशलटारमा फेला परेको चितुवा

२४ कात्तिक, काठमाडौं । भक्तपुरको मध्यपुरठिमी-३ कौशलटारमा फेला परेको चितुवा डार्ट प्रयोग गरी नियन्त्रणमा लिइएको छ ।

चितुवालाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालयका काठमाडौंका वन अधिकृत अशोक पराजुलीको नेतृत्वमा जमदार युवराज कार्की र पशु चिकित्सक आशुतोष भट्टसहितको टोली खटिएको थियो ।

एक घरको बाउन्ड्री भित्र कुनामा लुकेको चितुवालाई डार्ट प्रयोग गरेर नियन्त्रणमा लिइएको र ललितपुरको जावलाखेलस्थित चिडियाखानामा पठाइने पराजुलीले जानकारी दिए ।

अहिले चितुवालाई डिभिजन वन कार्यालय भक्तपुरमा लगिएको छ । त्यहाँबाट पत्र बनाएर चिडियाखाना लगिने छ । ‘सुरुमा चिडियाखाना लगेर स्वास्थ्य जाँच गर्छौं र स्वास्थ्य सामान्य रहेछ भने जंगलमा लगेर छाड्छौं,’ वन अधिकृत पराजुलीले भने ।

वन अधिकृत पराजुलीका अनुसार चितुवा वयस्क छ । ‘चितुवा करिब ७–८ वर्षको होला, वजन पनि झण्डै एक सय किलो होला,’ पराजुलीले भने, ‘कठिन संघर्ष गरेर नियन्त्रणमा लिन सफल भएका छौं ।’

सुरुमा चितुवाले स्थानीयलाई आक्रमण गरेको थियो । आक्रमणबाट दुई जना सामान्य घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्