दूरसञ्चार प्राधिकरणले काट्यो पत्र, २४ घण्टामा टिकटक बन्द हुने दाबी
![](https://www.ratokagaj.com/wp-content/uploads/2023/11/Nepal-Dursanchar-pradhikaran_NTA-Final-1230x700.jpg)
२८ कात्तिक, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णयअनुसार टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई पत्रचार गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले समाजिक द्वेष फैलाएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।
लगतै दूरसञ्चार प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनका लागि सेवा प्रदायकहरुलाई पत्रचार गरेको छ ।
दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले भने, ‘हामीलाई टिकटकलाई पनि इमेल लेखेका छौं । २४ घन्टामा सबै ब्लक हुन्छ होला ।’
प्रतिक्रिया दिनुहोस्