रातो कागज
1 वर्ष अघि

२८ कात्तिक, काठमाडौँ । कमलपोखरीमा अनियन्त्रित भैंसी पसेको छ । काठमाडौँ महानगरको टोलीले कुलेसोदेखि नियन्त्रणमा लिन प्रयस गरेको भैंसी कमलपोखरिमा बसिरहेको छ ।
आधा घण्टादेखि कमलपोखरीमा अनियन्त्रित रुपमा बसिरहेको भैंसी नियन्त्रणमा लिन महानगरको टोलीले प्रयास गरिरहेको छ । महनगरले नियन्त्रणमा लिन नसकेपछि सशस्त्र प्रहरी र स्नेह केयर्सको टोली समेत घटनास्थलमा पुगेको छ ।
बिहानैदेखि नियन्त्रणमा लिन प्रयास गरिएको भैंसीले दुईवटा स्कुटरमा क्षति गरेको महनगर प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया