रातो कागज

काठमाडौं । दाजुभाई र दिदीबहिनीबीचको पवित्र सम्बन्धमा सायद कुनै दिदी बहिनीले आफ्नो दाजुभाइको गर्भ राखेर बच्चा जन्माउने कुरा हामीले कल्पना पनि गर्न सक्दैनौँ । तर अमेरिकामा एकजना युवतीले आफ्नै दाइको बच्चालाई जन्म दिएकी छिन् ।
आफ्नै दाइको बच्चालाई गर्भमा राखेर जन्म दिँदा आफुले निकै खास अनुभूति गरेको र सो बच्चा आफ्नो सबैभन्दा विशेष भतिजोको रुपमा रहेको उनी बताउँछिन् ।
३० वर्षकी सब्रिना हेन्डरसनले आफ्नो ३३ वर्षीय दाई शेन प्याट्रीको सन्तान प्राप्तिमा सहयोग गरेकी छिन् । सब्रिना आफ्नै भदाहाको सरोगेट आमा बनिन् अर्थात् दाईको बच्चाको लागि आफ्नो कोख भाडामा दिइन् ।
सब्रिनाका दाई शेन समलिंगी पुरुष अर्थात् गे हुन् । उनले एकजना पुरुषसँग बिहे गरेका छन् जसको नाम पल हो । शेन र पलको समलिंगी जोडीले सन् २०२० मै सन्तान पैदा गर्ने निर्णय गरेको थियो । तर दुबैजना पुरुष भएको हुँदा बच्चालाई जन्म दिन सम्भव भएन ।
अन्ततः आफ्नो दाईको उक्त इच्छा पूरा गरिदिनका लागि चार सन्तानकी आमा सब्रिना अघि सरिन् ।
मिरर युकेको रिपोर्ट अनुसार सब्रिनाको डिम्ब र उनको दाईको पार्टनर पलको शुक्रकिटबीच निशेचन गराइएको र उनले आइभिएभ मार्फत् कृत्रिम गर्भाधान गरिन् । अनि गत वर्षको सेप्टेम्बरमा उनले स्वस्थ बच्चा जन्माइन् । यो सेप्टेम्बरमा फुपुको कोखबाट जन्मिएको सायद दुनियाको पहिलो बच्चाले आफ्नो पहिलो जन्मदिन मनाएको छ । तर गर्भाधान सहज भने थिएन ।
सन् २०२० को नोभेमबर देखि २०२१ को डिसेम्बर सम्म गर्भाधानका पाँचवटा प्रयास असफल भएका थिए । त्यसपछि एकपटक बसेको गर्भ खेर गएको थियो । अन्ततः उनी सन् २०२२ को जनवरीमा पुनः गर्भवती बनिन् र सेप्टेम्बरमा बच्चा जन्माइन् ।
आफ्नो दाई शेन र उनको पार्टनर पलका लागि सन्तान जन्माइदिन पाउँदा आफु खुसी रहेको र यदि दाईलाई अर्को सन्तानको रहर लागेमा त्यसका लागि पनि तयार भएको सब्रिना बताउँछिन् ।
पेशाले घरजग्गा व्यवस्थापक रहेकी सब्रिना अमेरिकाको क्यालिफोर्नियामा बस्छिन् ।
वास्तवमा आफ्नो दाईले १६वर्षको उमेरमै आफु गे भएको बताएपछि सब्रिनाले त्यतिबेलै दाईको लागि बच्चा जन्मइदिने अठोट गरेकी थिइन् । एजेन्सीको सहयोगमा
फेसबुकबाट तपाईको प्रतिक्रिया