Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

चितवनको मेघौलीमा पोथी बाघ मृत फेला

रातो कागज
1 वर्ष अघि

४ मंसिर, चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. २७ मेघौलीको एक सामुदायिक वनमा पोथी बाघ मृत फेला परेको छ ।

निकुञ्जका अनुसार हरियाली मध्यवर्ती सामुदायिक वनमा अन्दाजी सात वर्षको पोथी बाघ मृत अवस्थामा भेटिएको हो ।

शरीरका विभिन्न ठाउँमा घाउ चोटहरु रहेको अवस्थामा मृत भेटिएको बाघ जुधेको हुन सक्ने अनुमान निकुञ्जले गरेको छ ।

चालु आर्थिक वर्षमा मरेको यो पहिलो बाघ हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया