३ आश्विन २०८१, बिहीबार
खेलकुद समाचार समाज

एनएसएल दोस्रो सिजन : काठमाडौं रेजर्स एफसीको विजयी सुरुवात

८ मंसिर, काठमाडौं । साविक विजेता काठमाडौं रेजर्स एफसीले नेपाल सुपर लिग एनएसलको दोस्रो सिजनमा विजयी सुरुवात गरेको छ ।

दशरथ रंगशालमा शुक्रबा भएको उद्घाटन खेलमा काठमाडौंले नयाँ टिम स्पोर्टिङ इलाम एपसीलाई १-० ले हरायो । काठमाडौंका लागि सुपर सब राजीव लोप्चनले विजयी गोल गरे ।

दोस्रो हाफको सुरुमै प्रशान्त अवस्थीको स्थानमा मैदान प्रवेश गरेका राजिवले ५१औं मिनेटमा गोल गर्दै काठमाडौंलाई अग्रता दिलाएका थिए । त्यही गोलको अग्रता जोगाउँदै काठमाडौंले जितसहित उपाधि रक्षा अभियान सुरु गरेको छ ।

लिगमा शनिवार दुई खेल हुनेछ । पहिलो खेल पोखरा थण्डर्स र एफसी चितवन तथा दोस्रो खेल ललितपुर सिटी र एफसी बुटवल लुम्बिनीबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्