५ आश्विन २०८१, शनिबार
समाचार समाज

एकैपटक ७१ सहसचिवको सरुवा, को–को कहाँ पुगे ? (सूचीसहित)

१० मंसिर, काठमाडौं । सरकारले एकैपटक ७१ जना सहसचिवहरूको सरुवा गरेको छ । मन्त्रिपरिषदको ७ मंसिरमा बसेको बैठकको निर्णयअनुसार ७१ जना सहसचिवहरुको सरुवा भएको हो ।

सरकारले करिब एकैपटक संघ, प्रदेश र स्थानीय तहमा ठूलो संख्यामा सहसचिव हेरफेर गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह, अर्थ, संघीय मामिला, शिक्षा विज्ञान तथा प्रविधि, उद्योग, श्रम, रक्षा, वन, शहरी विकास लगायतका मन्त्रालयहरूमा नयाँ सहसचिवहरुलाई ल्याइएको छ ।

विभिन्न प्रदेशका मुख्यमन्त्री कार्यालय र मन्त्रालयहरुमा पनि नयाँ सहसचिवहरु पठाइएको छ । वीरगञ्ज महानगरपालिकामा मातृका भट्टराई नयाँ प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएका छन् ।

एक महिनाअघि नै संघीय मामिला तथा सामान्य प्रशासान मन्त्रालयले ५५ जना सचिवको सरुवाको प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो । तर, मन्त्रीहरुबीचको मतभेद र कर्मचारीहरुको स्वार्थका कारण सरुवाको सूचीलाई अन्तिम रुप दिन सरकारलाई सरकारलाई सकस परेको थियो ।

यसपटक संघीय मामिला मन्त्रालयले प्रदेशमा बढी समय बिताइएकाहरुलाई संघमा ल्याउन र संघमा धेरै सयम काम गरेकालाई प्रदेशमा पठाउनुपर्ने अडान लिँदा निर्णय गर्न ढिलाइ भएको थियो ।

को–को भए कहाँ सरुवा ?

प्रतिक्रिया दिनुहोस्