Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

पर्सा मिलन केन्द्रले गर्‍यो विविध विधाका ४२ जनालाई सम्‍मान

रातो कागज
1 वर्ष अघि

११ मंसिर, काठमाडौं । पर्सा मिलन केन्द्र, काठमाडौंले ४२ जनालाई सम्‍मान गरेको छ । शनिबार ललितपुरमा आयोजित विशेष समारोहमा काठमाडौं आई बसोबास गर्दै आएका पर्साका विभिन्न क्षेत्रमा कार्यरत ४२ जना व्‍यक्तित्वहरूलाई सम्मान गरिएको हो । जसमध्‍ये १० विधामा सम्मान, ट जना व्‍यक्तित्वहरूलाई अभिनन्दन तथा सम्‍मान, संस्थागततर्फ ३ जना, अन्‍य विधानमा १९ जनालाई कदर पत्र तथा ४ जनालाई प्रशंशा पत्र प्रदान गरिएको छ ।

सम्‍मानित हुनेहरूमा शिक्षातर्फ प्रा.डा. रामदेव तिवारी, स्वास्थ्यतर्फ डा. अचला वैद्य, कलातर्फ सलीम अहमद, साहित्यतर्फ दिनेश गुप्ता, उद्योगतर्फ ताराचन्द्र कैडिया, व्‍यवसायतर्फ उर्मिला श्रेष्ठ प्रधान, खेलकुदतर्फ कुन्दन साह तुरहा (कुस्ती), सामाजिक सेवातर्फ मनोज राम, सञ्‍चारतर्फ ध्रुव कुमार साह तेली र विज्ञान तथा प्रविधितर्फ ई. चन्द्रेश्वर राउत रहेका छन् ।

यस्तै अभिनन्दनतर्फ गणेश लाठ (साहित्य), प्रमोदप्रसाद नेपाल (लाइफटाइम अचिभमेन्ट अवार्ड), स्व.तेज बहादुर अमात्य (मृत्युपरान्त सम्मान), स्व.चुडामणि राज सिंह मल्ल (मृत्युपरान्त सम्‍मान), महेश बहादुर श्रेष्ठ र महेश गोर्खाली रहेका छन् ।

यस्तै संस्थागततर्फ वीरगञ्ज महानगरपालिका, जगरनाथपुर गाउँपालिका र मानव सेवा आश्रमलाई कदरपत्र प्रदान गरिएको छ ।

यस्तै कदरपत्र पाउनेहरूमा प्रतिमा चौधरी (सञ्‍चार), रुबी राणा शाह (प्रथम मिस नेपाल), उषा खड्गी (मिस नेपाल), प्रसिद्धि शाह (मिस नेपाल इन्टरनेशनल २०२३), प्रविण मानन्धर (रक्तदान सञ्चार सेवा), प्रदर्शनी कुमारी (मिहला पुर्व प्रमुख जिल्ला अधिकारी), डा.सुरेन्द्र महतो (विद्यावारिधि), मीरा शाह (पोषण विज्ञ), अरविन्द साह (खल्ती एप्स), प्रथा बस्नेत ( अफोर्डेबल थ्रिफ्टस्टोर नेपाल), राजन श्रीवास्तव (समाज सेवा), ई.आयुष केडिया (युवा व्‍यवसायी), हिमान्सु गुप्ता (रजत पदक जुडो), मुस्कान खातुन(एसिड आक्रमणविरूद्धको अभियन्ता), रिंकु कुमारी ठाकुर (बाल विवाह विरूद्धको अभियन्ता), श्रवण प्रसाद साह(दैनिक भोजपुरी टाइम्स र अनलाइन पोर्टल), मनिष पौडेल (डिजिटल मिडिया), डा. ज्‍याउलहक अन्सारी (विद्यावारिधि) र ई.अंकु जयसवाल (एमटेक, गोल्डमेडलिस्ट) रहेका छन् ।

यसैगरी मुकेश महतो नुनिया (पेन्टिङ), अमोद प्रसाद गुप्ता (भोजपुरी कविता), सीए नरेश कुमार पटेल (वाणिज्य) र ई.सौरभ गुप्ता (एमटेक, गोल्ड मेडलिस्ट)लाई मिलन केन्द्रले प्रशंसा पत्र प्रदान गरेको छ ।

कार्यक्रममा प्रमुख अथिति उपराष्ट्रपति रामवरण यादव र विशेष अतिथि उद्योग वाणिज्‍य तथा आपूर्तिमन्त्री रमेश रिजाल उपस्थित थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया