३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार समाचार समाज

रिगललाई फेरि थुनामा पठाउने सर्वोच्चको फैसला (पूर्णपाठ)

१६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगलको कैद मिनाहा गर्ने निर्णय बदर गरेको छ ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय उत्प्रेषणको आदेशले बदर गरेको छ ।

इजलासले रिगललाई बाँकी कैद माफी दिने निर्णय ‘अपराध पीडितको हक प्रतिकुल देखिएको’ भनेको छ । साथै उनलाई तत्काल थुनामा पठाउन सरकारका नाममा परमादेश पनि जारी गरेको छ ।

सर्वोच्चले चेतन मानन्धर हत्याको मुद्दा हाल सर्वोच्च अदालतमा पुनरावेदनकै क्रममा रहेकाले यसमा कैद छुट तथा मिनाहा दिन नमिल्ने भनेको छ । त्यस्तै रिगलको कैद मिनाहा गर्नुको उचित कारण पनि सरकारले उल्लेख नगरेको सर्वोच्चको ठहर छ ।

 

कैद छुटको निर्णय गर्दा कारागार नियमावलीको व्यवस्थासँगै पीडितको सहमति लिनुपर्ने भन्दै सर्वोच्चले पीडितलाई सामाजिक पुनर्स्थापना र क्षतिपूर्तिसहितको न्याय प्राप्त भएको अवस्था सुनिश्चित गर्नुपर्ने पनि उल्लेख छ ।

सर्वोच्चले रिगलले ११ वर्ष, ११ महिना ५ दिन कैद भुक्तान गर्नुपर्ने देखिएको भन्दै त्यति कैद असुल्न पनि आदेश दिएको छ ।

हेर्नुहोस् फैसलाको पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस्