३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार समाचार समाज

बर्दियामा बाघको आक्रमणबाट एकजनाको मृत्‍यु

१७ कात्तिक, बर्दिया । बाघको आक्रमणबाट बर्दियामा एकजनाको मृत्‍यु भएको छ ।

मृत्यु हुनेमा बर्दियाको मधुवन नगरपालिका-५ गाउँ नं. १० स्थित चिरौटे सामुदायिक वनमा शक्तिपुर बस्‍ने २८ वर्षीय गायत्री डाँगी रहेकी छिन् ।

वनमा बाख्रा चराउन गउका बेला पाटे बाघले आक्रमण गरेको  इलाका प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।

उनका अनुसार इलाका प्रहरी कार्यालय बर्दियाको टोली सहित स्थानीय खोजतलास गर्दा उनी जंगलमा मृत भेटिएकी थिइन् ।

मृत भेटिएको उनको शव पोष्टमार्टमका लागि बर्दिया जिल्ला अस्पताल गुलरिया ल्याइ शदगदका लागि आफन्तलाई जिम्‍मा दिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्