३ आश्विन २०८१, बिहीबार
समाचार समाज

जाजरकोटमा फेरि ५.८ म्याग्निच्‍यूडको भूकम्पको धक्का

२० कात्तिक, काठमाडौं । जाजरकोटमा फेरि ५.८ म्याग्निच्‍यूडको  भूकम्पको धक्का महशुस भएको छ ।

आज सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर  ५.८ भूकम्पको धक्का महशुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि शुक्रबार राति रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्‍यूडको भूकम्प गएको थियो ।

शुक्रबार रातिको भूकम्पमा परेकाहरुको उद्धार चलिरहेको बेला पटक पटक भूकम्पको धक्का गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्