३ आश्विन २०८१, बिहीबार
खेलकुद मुख्‍य समाचार

पूर्वप्रशिक्षक भीम थापाको निधन

१५ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भीम थापाको निधन भएको छ ।

७५ वर्षीय थापाको बिहीबार राति निधन भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

कुलेश्वरस्थित घरमै ढलेका थापालाई परिवारले मेडिसिटी अस्पताल पुर्‍याएका थिए, तर चिकित्सकले मृत घोषणा गरेका छन् ।

सन् १९७१ मा जापानमा भएको यू-१९ एसियन च्याम्पियनसिपमा नेपाली टिममा रहेका उनले न्यूरोड टीम (एनआरटी), महावीर क्लबलगायतबाट खेलेका थिए ।

एन्फामा सहमहासचिव र टेक्निकल डाइरेक्टर भएका उनले नै एन्फा एकेडेमीको एक्सन प्लान बनाएका थिए ।

उनको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि एन्फा कम्प्लेक्स सातदोबाटोमा राखिएको छ । आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्