२ आश्विन २०८१, बुधबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

नेपाल सुपर लिगमा बुटवल लुम्बिनी पहिलो जित

१७ मंसिर, काठमाडौं । बुटवल लुम्बिनीले जारी नेपाल सुपर लिग(एनएसएल) को दोस्रो सिजनमा आईतवार पहिलो जित निकालेको छ ।

दशरथ रंगशालामा जारी सिजनमा आफ्नो तेस्रो खेलमा बुटवलले स्पोर्टिङ इलामामाथि २–१ को जित निकाल्दै पहिलो जित निकाल्यो । निकै रोमाञ्चक खेलमा बुटवलले शुरुवात अग्रता लिएको थियो । तर स्पोर्टिङ इलामले गोल फर्काए पनि कप्तान एरिक बिष्टको उत्कृष्ट फ्रिकिक गोल प्रेरणामा बुटवलले अग्रता लियो । सोही गोल नै बुटवललाई जारी सिजन तीन अंक दिलाउन पर्याप्त बन्यो । बुटवलले यसअघिका दुई खेलमा पहिलो खेलमा ललितपुर सिटी एफसीसँग २–० र धनगढी एफसीसँग १–० ले हराएको थियो ।

यता, स्पोर्टिङ इलामले पनि दोस्रो हार व्यहोरेको छ । इलामले पहिलो खेलमा काठमाडौं रेजर्ससँग १–० को हार व्यहोर्दा दोस्रो खेलमा झापा एफसीमाथि १–० को जित निकालेको थियो । त्यसअघि तेस्रो मिनेटमा स्पोर्टिङ इलामका भरत खवासको प्रहार पहिलो बारमा लागेर फर्कियो ।

फोडे क्यामराको पासमा भरतको वान टच बारमा लागेर फर्किएपछि इलामले अग्रता लिन पाएन । बुटवल लुम्बिनीले छैटौं मिनेटमा पहिलो अवसर सिर्जना गर्‍यो । करिव ३५ यार्ड टाढाबाट बुटवलका एरिक बिष्टले गरेको फ्रिकिक प्रहार इलामका गोलकिपर विकेश कुथूले सहजै नियन्त्रणमा लिए ।

२६ औं मिनेटमा अमाथ एण्डअले नजिकै दूरीबाट गोल गर्ने अवसर गुमाए । ३५ औं मिनेटमा पेनाल्टी बक्सभित्र अनमार्क रहेका बुटवलका आशिष लामाले गोल गर्ने अवसर सदुपयोग गर्न सकेन । जिलेस्पीजंग कार्कीको पास नियन्त्रण लिँदै आशिषको फितलो प्रहार इलामका गोलकिपर विकेश कुथुले सहजै रोके । ३९ औं मिनेटमा इलामका फोडे क्यामराले २२ यार्ड नजिकबाट गरेको फ्रिकिकलाई पोस्टको दिशा दिन सकेन । ४५ औं मिनेटमा स्टेफन बिनोङको नजिकै दूरीबाट हेडर इलामका गोलकिपर विकेशको खुट्टामा ठोक्किएर फर्किन पुग्यो ।

त्यससँगै पहिलो हाफको खेल गोलरहित बरीबरीमा रह्यो । दोस्रो हाफको केही समयमा नै बुटवल लुम्बिनीले अग्रता लियो । जिलेस्पिजगंले पेनाल्टी क्षेत्रबाटै दिएको पासमा अनमार्क रहेका बिनोङले सहज गोल गर्ने अवसर पाए ।

५८ औं मिनेटमा फोडेको १० यार्डनजिकबाट गरेको प्रहार बुटवलका गोलकिपर मोहमोडौले उत्कृष्ट बचाउ गरे । सोही क्रममा ह्यान्डबल भएपछि इलामले पेनाल्टीमार्पmत खेलमा फर्किने अवसर खेर फाल्यो । एर्नेस्ट टेम्पीले ह्याण्डबल गरेपछि इलामले पेनाल्टी पाएको थियो । तर फाडे क्यामराले सो पेनाल्टी सदुपयोग गर्न सकेनन् ।

उनको फितलो पेनाल्टी प्रहार बुटवलका गोलकिपर मोहमोडौले बचाउ गर्दै आफ्नो टोलीको अग्रता जोगाए । ६५ औं मिनेटमा बुटवलको अग्रता दोब्बर बनाउने अवसरमा कुथू बाधक भए । आशिष लामाले बायाँ भागबाट गरेको प्रहार कुथूले रोके । त्यसको चार मिनेटपछि अबडौल्गे बाले खेलमा फर्किने उत्कृष्ट अवसर गुमाए ।

अमाथले पेनाल्टी क्षेत्रबाट दिएको उत्कृष्ट पासमा बा करिव आठ यार्डनजिकबाट गोल गर्न असफल रहे । ७६ औं अमाथको क्रस बल रोक्ने प्रयासमा गौरव श्रेष्ठले क्लियर गर्ने प्रयासमा आफ्नै पोस्टमा लागेर बाहिरियो ।

एक मिनेटपछि फोडेले २२ यार्ड टाढाबाट गरेको सशक्त प्रहार बुटवलका गोलकिपर मोहमोडौले उत्कृष्ट बचाउ गरे । लगत्तै रिबाउन्ड बललाई नियन्त्रणमा लिँदै बाले पेनाल्टी क्षेत्रबाट गरेको प्रहार गोलकिपर मोहमोडौको हातमा नै पुग्यो । तर, ७८औं मिनेटमा फोडेले गोल गर्दै इलामलाई खेलमा फर्काए ।

सन्तोष खत्रीको लामो प्रहार माथिल्लो बारमा लागेर तल झरेको बललाई गोलकिपर मोहमोडौले नियन्त्रणमा नसक्दा बाले गोल गरेका हुन् । ८८औं मिनेटमा बुटवल लुम्बिनीका कप्तान एरिक बिष्टले उत्कृष्ट फ्रिकिक गोल गर्दै पुनः अग्रता दिलाए ।

इलामका अमाथले बिनोङलाई लडाएपछि बुटवलले करिब ३० यार्ड टाढाबाट पेनाल्टी अवसर पाएको थियो । सो अवसर सदुपयोग गर्दै एरिकले उत्कृष्ट गोल गरे । त्यो गोल जारी सिजनकै उत्कृष्ट गोल थियो ।

इन्जुरी समयमा इलामका नवीन लामाले खेलमा फर्किने अवसर गुमाए । फोडेको उत्कृष्ट क्रस बललाई पेनाल्टी क्षेत्रमा अनमार्क रहेका नवीनको हेडर दोस्रो बार हुँदै बाहिरियो । त्यससँगै बुटवल लुम्बिनीले स्पोर्टिङ इलाममाथि रोमाञ्चक जित निकाल्यो ।

प्रतिक्रिया दिनुहोस्