रातो कागज
1 वर्ष अघि

१९ मंसिर, महोत्तरी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादी केन्द्रको मधेश प्रदेश प्रशिक्षण कार्यक्रममा भाग लिन महोत्तरी पुगेका छन् ।
मंगलबार महोत्तरीको गौशालामा आयोजना भएको प्रशिक्षण कार्यक्रममा भाग लिन प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड महोत्तरी पुगेका हुन् ।
प्रशिक्षण कार्यक्रममा मधेशको आठवटै जिल्लाबाट १५ सय भन्दा बढी नेताकार्यकर्ताको सहभागीता भएको माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरत प्रसाद साहले जानकारी दिए ।
पार्टीको ‘जनतासंग माओवादी’ तीनमहिने विशेष रुपान्तरण अभियानलगायत पार्टीको आन्तरिक रणनीति लगायतको विषयमा आन्तरिक प्रशिक्षण भइरहेको उनको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया