३ कार्तिक २०८१, शनिबार
राजनीति

जेठमा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय

१९ मंसिर, काठमाडौं । एकीकृत समाजवादीले महाधिवेशन आगामी जेठमा हुने भएको छ । सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले माघका लागि तोकिएको महाधिवेशन जेठमा सार्ने निर्णय गरेको हो ।

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार राष्ट्रिय महाधिवेशन २०८१ जेठ ३–७ काठमाडौंमा हुनेछ । माघमा भने राष्ट्रिय सम्मेलन हुने भएको छ । १४ र १५ मा सम्मेला हुनेछ । ‘राष्ट्रिय सम्मेलनमा कतिपय विधानको व्यवस्थाबारे पनि छलफल गर्नुपर्ने भएको छ, यसका लागि पनि कार्यदल बनाएका छौं’ खतिवडाले भने ।

तीन सदस्यीय कार्यदलमा उपाध्यक्ष देवुराम भुसाल, महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला छन् ।

प्रतिक्रिया दिनुहोस्