४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति

जाजरकोट पुगेका केपी ओलीलाई जनार्दन शर्माले गरे स्वागत

१९ मंसिर, काठमाडौं । पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्रामा निस्किएको नेकपा एमालेको टोलीलाई माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जाजरकोटमा स्वागत गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा जाजरकोटको रिम्ना पुगेको टोलीलाई माओवादी नेता शर्माले स्वागत गरेका हुन् । ओलीलाई स्वागत गर्न शर्मा लाइनमै उभिएर बसेका थिए ।

शर्मा केही समयदेखि भूकम्प प्रभावितहरुको अस्थायी पुनस्र्थापनाका लागि त्यही क्षेत्रमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्