३ कार्तिक २०८१, शनिबार
राजनीति

एनसेल बिक्रीमा राजनीतिकर्मी, कर्मचारी र व्यापारीको मिलेमतो : शेखर कोइराला

१९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता. डा शेखर कोइरालाले एनसेल बिक्रीमा राजनीतिकर्मी, कर्मचारी र व्यापारीहरुको मिलेमतो रहेको बताएका छन् ।

पाँच वर्षपछि सरकारको मातहतमा आउनुपर्ने एनसेल बिक्रीमा राज्यका तिन पक्ष मिलेको आरोप लगाए ।

‘यसमा राजनीतिज्ञहरु, कर्मचारी र व्यापारीहरुको मिलेमतो नभई सम्भव हुदैन । त्यसकारण हामीले नेताहरुलाई प्रश्न गरेका छौं कि एनसेल बिक्री प्रकरण किन भयो ?’ नेता शेखरले भने ।

ओखलढुंगाको प्रथम जिल्ला सम्मेलनमा मंगलबार बोल्ने क्रममा कोइरालाले अहिले सबैतिर असन्तुष्टि रहेको बताए । नागरिक असन्तुष्टि हुनुमा प्रमुख कारण भ्रष्टचार रहेको उनले बताए ।

कृषिमा आधारित उद्योगहरुलाई बढाएर जान सकेमात्रै रोजगारीका अवसरहरु सिर्जना हुने कोइरालाको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्